विदेशी मुदाको मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । आज विदेशी मुद्राको विनियमदरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३२.४६ रुपैयाँ र बिक्रीदर १३३.०६ रुपैयाँ निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा थियो।

आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ र बिक्रीदर १४३.६५ रुपैयाँ निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.६३ रुपैयाँ थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७.०३ रुपैयाँ र बिक्रीदर १६७.७८रुपैयाँ निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६.७७ रुपैयाँ र बिक्रीदर १६७.५२ रुपैयाँ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स