‘बैंक तथा वित्तीय संस्थाको अवस्था सक्षम छ, केही व्यक्तिको भ्रामक अभिव्यक्तिमा नलाग्नुस्’: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । राष्ट्र बैंकले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले गरेको दुष्प्रचारप्रति ध्यानार्षण भएको जनाएको हो ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले जानकारी गराएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोष, कर्जा निक्षेप अनुपात तथा तरलताको अवस्थासम्बन्धी परिसूचकहरु निर्देशनअनुरुप नै रहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ । यी परिसूचकहरु तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको पनि राष्ट्र बैंकले जानकारी गराएको छ ।

सरोकारवालालाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पछिल्लो समय एनआइसी एसिया बैंकप्रति चलाइएको हल्लालाई संकेत गरेर राष्ट्र बैंकले विज्ञप्ति जारी गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स