काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर, कैलाश डाँडांमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बैंकले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी), आलोक कुमार चौधरीले फागुन ४ गतेदेखि ४ दिने नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ ।
यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।