काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभा फागुन ३० गते बिहान ११ बजे भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा डाकेको हो ।
वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।
सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै,आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको आव २०७९/८० को वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरिनेछ ।
सभामा आव २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।