समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि समस्या देखिएको हो: कार्यबाहक गर्भनर निलम ढुंगाना

काठमाडौं। नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि समस्या देखिएको बताएकी छिन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले सो कुरा बताएकी हुन्।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपालको एनपिएल कम नै रहेको जानकारी गराईन।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताईन।

उनले ऋण लिएपछि तिर्नुपर्ने पनि बताएकी छिन्। पुँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स