लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावरमा लगानीे गर्ने

काठमाडौं । एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ)ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।

उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । एलएसईएफ लक्ष्मी सनराइज क्यापिटको पहिलो प्राइभेट इक्विटी कोष हो । एलएसईएफ कोषको आकार १ अर्व रहेको छ ।

एलएसईएफ बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो । लक्ष्मी सनराइज क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

पुवा खोला–वान हाइड्रोपावरले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, एल एस क्यापिटल प्रभाव व्यवस्थापनका लागि सञ्चालन Impact Management (Impact Principles), को एक हस्ताक्षरकर्ता हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पु¥याउँछ । इम्प्याक्ट प्रिन्शिपल को पहिलो सचिवालय International Finance Corporation (IFC) ले आयोजना गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स