सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स