राष्ट्र बैंकले गर्यो ५ मनिचेन्जर कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंक एक सूचना जारी गर्दै तोकेको समयमा नवीकरण नगर्ने ५ मनिचेन्जरको इजाजतपत्र खारेज गरेको जनाएको हो ।

राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियमा (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् इजाजतपत्र खारेज हुने कम्पनीहरु
१.फेयर मनी एक्सचेन्ज प्रा.लि, काठमाडौं बसन्तपुर
२. न्यातपोल मनी एकसचेन्ज प्रा.लि, भक्तपुर
३. कैलाश मनी एक्सचेन्ज प्रा.लि, काठमाडौं क्षेत्रपाटीको
४.ग्रेस मनी एक्सचेन्ज प्रा.लि, रसुवा
५.रुट नेपाल मनी एक्सचेन्ज प्रा.लि, काठमाडौं लालदरबार

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स