बोसन सेयर नदिने घोषणा गरेको एनआईसी एसिया लघुवित्तको नाफा १० करोडले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एसिया लघुवित्तको खुद नाफा १५०.५१ प्रतिशतले बढेको छ । लघुवित्तले पहिलो त्रैमासमा १६ करोड २६ लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तले ६ करोड ४९ लाख खुद नाफा कमाएको थियो ।

लघुवित्तले गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर नदिएर ५.४१ प्रतिशतमात्रै लाभांश दिने घोषणा गरेको छ ।

यस अवधिमा कम्पनीको कर्जा प्रवाह १८६ प्रतिशतले बढेर २२ अर्ब ३ करोड पुगेको छ भने कर्जा सापटी १०१ प्रतिशतले बढेर २० अर्ब ६१ करोड पुगेको छ । कम्पनीको निक्षेप २२६ प्रतिशतले बढेर ३ अर्ब १९ करोड कायम भएको छ । लघुवित्तको खुद ब्याज आम्दानी १२७ प्रतिशतले बढेर ७० करोड ७० लाख पुगेको पुगेको छ ।

लघुवित्तको चुक्ता पुँजी १७.५३ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३७.४१ रुपैयाँ, खर्ब कर्जा १.५५ प्रतिशत, र प्रति सेयर नेटवर्थ १५७.४१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स