काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिंङ सेवा अवरुद्ध हुने भएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै बैकिंङ सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैकिंङबाट प्रवाह हुने सेवाहरू बन्द हुने जनाएको हो ।
बैंकले उक्त कार्य सम्पन्न नभएसम्म बैकिंङबाट प्रवाह हुने सेवाहरू बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।
बैंकले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाका लागि क्षमा मागेको छ ।