राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमै घर कर्जा दिने, ९.४५ प्रतिशतमा ऋण पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम यो योजना ल्याएको हो ।

जसअनुसार घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा पाउन सकिने बैकले जनाएको छ । जसको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ ।

हाल बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको छ । यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ ।

कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने जनाइएको छ । बैंकका अनुसार कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ ।

यस प्रकारको कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने जनाइएको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स