काठमाडौं । पछिल्लो समय बैंकहरूमा पैसा थुप्रिएपछि बैंकहरूले नयाँ र आकर्षक कर्जा योजना ल्याएका छन् । विशेष गरी घर विद्युतीय गाडीसहित अन्य सवारी साधन खरिदका लागि बैंकहरूले सहज कर्जा योजना ल्याएका हुन् । अन्य बैंकले जस्तै प्रभु बैंकले कर्जाको विभिन्न नयाँ प्रडक्टहरू ल्याएको छ । विभिन्न स्तरका ग्राहकहरूलाई ध्यानमा राखेर बैंकले सहज कर्जा योजना ल्याएको हो ।
प्रभु घर कर्जा योजना
बैंकले विशेष गरी पाँच वर्षको लागि १२.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा ल्याएको हो । बैंकले पाँच वर्ष बढि ऋण लिन चाहने ग्राहकको लागि १३.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपल्बध गराउने जनाएको छ । बैंकले पाँच वर्षको लागि ऋण लिन चाहने ग्राहकको लागि बेसरेटमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशत प्रिमियम थपेर कर्जा दिने भएको छ ।
पाँचदेखि दश वर्षको लागि २.७५ देखि ४.५० प्रतिशत, दशदेखि पन्ध्र वर्षको लागि ३ प्रतिशत देखि ४.५० प्रतिशत प्रिमियम थपेर लोन लिन सकिनेछ । १५ देखि २० वर्षको लागि ३.२५ देखि ४.५० प्रतिशत र २० देखि २५ वर्षको लागि कर्जा लिने व्यक्तिहरूको लागि ३.५० देखि ४.५० प्रतिशत प्रिमियम थपेर कर्जा दिने प्रतिवद्धता जनाएको छ ।
विशेष गरि घरको स्वामित्व गर्नु वा घर खरिद गर्नु आमजनमासकोे लागि एउटै सपना हुन्छ, बैंकले प्रभु घर कर्जा योजना मार्फत सपना साकार पार्न आर्थिक सहयोग पुगोस भनि नयाँ प्रडक्ट ल्याएको हो ।
बैंकले जग्गा खरिद, जग्गा तथा भवन खरिद, अपार्टमेन्ट तथा आवासीय भवनहरु निर्माण गर्न कर्जा प्रदान गर्ने जनाएको छ । प्रभु घर कर्जा एक आवधिक कर्जा हो जुन मासिक तलब खाने व्यक्तिहरू, स्वरोजगारहरू, पेशाकर्मी तथा व्यावसायीहरूको लागि यस्तो नयाँ प्रडक्ट ल्याएको हो ।
अटो कर्जा र हायर पर्चेज कर्जा
घर कर्जाका साथै बैंकले अटो र हायर पर्चेज कर्जा पनि उत्तिकै महत्वका साथ ल्याएको छ । सवारी साधन कर्जा (व्यक्तिगत तथा व्यावसायिक) स्वरोजगारहरू, पेशाकर्मी र व्यावसायिकको यो कर्जा लिन सक्ने छन् । बैंकले बेसरेटमा ३ देखि ५ प्रतिशत प्रिमियम थपेर यो कर्जा उपलब्ध गराउने भएको हो । बैंकले यस कर्जा सुविधा अन्र्तगत नयाँ सवारी साधन खरिद सुविधा, प्रयोग गरिएको सवारी साधन खरिदको साथै व्यावसायिक उद्देश्यको लागि प्रदान गर्दछ ।
प्रभु शैक्षिक कर्जा
प्रभु बैंकले देश भित्र र बाहिर आफ्नो पढाइ पुरा गर्ने विद्यार्थीहरूको आर्थिक आवश्यकतां पुरा गर्न बेसरेटमा ३ प्रतिशतदेखि ५ प्रतिशत प्रिमियम थपेर गरेर शैक्षक कर्जा प्रदान गर्ने जनाएको छ । विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनको लागि वित्तिय स्रोत र साधन छैन उनीहरूको लक्षित गर्दै बैंकले प्रभु शैक्षिक कर्जाको योजना ल्याएको हो ।
प्रभु सम्पत्ति कर्जा
बैंकले अन्य कर्जा ल्याएसँगै व्यक्तिगत रुपमा प्रभु सम्पत्ति कर्जा पनि ल्याएको छ । विशेष गरि महिनावारी तलब खाने, स्वरोजगार, पेशाकर्मी र साना परिवार भएका व्यावसायका मालिकहरुको अल्पकालीन तथा दिर्घकालीन वित्तिय आवश्यकता पुरा गर्न उद्देश्यले यो कर्जा योजना ल्याएको हो । बैंकबाट घर जग्गा सम्पत्तिको मूल्यांकनको आधारमा व्यक्तिगत अधिविकर्ष तथा ब्यक्तिगत आबधिक कर्जाको रुपमा आवश्यक ऋण दिने व्यवस्था गरेको छ ।
अन्य व्यक्तिगत कर्जा
बैंकले बेसरेटमा ३ देखि ५ प्रतिशत प्रिमियम थपेर व्यक्तिगत कर्जा प्रदान गर्ने भएको छ । बैंकले विभिन्न प्रकारका व्यक्तिको आर्थिक आवश्कताहरु पुरा गर्न व्यक्तिगत कर्जाहरु प्रदान गर्दछ जस्तै व्यावसायिक कर्जा, कृषि कर्जा आदि ।
प्रभु सेयर कर्जा
बैंकले सेयरमा लगानी गर्न चाहने ग्राहकहरूको लागि आर्थिक रुपमा सहयोग गर्न सेयर कर्जा ल्याएको छ । सेयर कर्जा व्यक्तिहरुको अल्पकालीन वित्तिय आवश्यकता परिपूर्ति गर्नका लागि बैंकले बेसरेटमा ३ प्रतिशत देखि ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको हो ।
व्यवसायहरूको लागि नयाँ प्रडक्ट
साना तथा मझ्यौला कर्जा
बैंकले साना तथा मझ्यौला उद्योग व्यावसायीहरूका व्यापार व्यवसाय विस्तारका लागि विभिन्न प्रकारका कर्जाहरू उपलब्ध गराउने भएको छ । साना तथा मझौला व्यवसाय बैंकले लगानी गर्ने प्रमुख क्षेत्र हो । यदि कुनै व्यवसाय गरि रहेको छ वा कुनै नयाँ व्यवसाय सुरु वा विस्तार गर्दै गर्न लागेको हो भनी बैंकले ग्राहकहरूका सम्पूर्ण व्यावसायिक आवश्यकता परिपूर्ति गर्ने यो नयाँ कर्जाको व्यवस्था गरेको हो ।
साना तथा मझौैला उद्योग व्यवसायीहरूका व्यापार व्यावसाय विस्तारका लागि २५ लाख देखि १० करोड सम्म कर्जा लिन सकिनेछ । यदि २५ लाख भन्दा तल लगानी गर्नका लागि बैंकले छुट्टै साना व्यवसाय कर्जा तथा लघुवित्त प्रत्यक्ष लगानी को व्यावस्था पनि गरेको छ । साथै बैंकले कृषि क्षेत्रको विकाशमा योगदान गर्नको लागि विशेष कृषि कर्जा को व्यवस्था गरेको छ ।