काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’ का इकाईहरु बाँडफाँट सम्पन्न भएको छ । उक्त इकाईहरुको बाँडफाँट आज माघ २४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त इकाईमा रितपूर्वक आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरु मार्फत ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त भएका थिए ।
अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँट गर्न सकिने व्यवस्था छ । जसमा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै इकाई बाँडफाँट गरिएको छ ।
योसँगै, कम्पनीको बीज पूँजी सहित योजनाको आकार एक अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ ।
कमपनीले यस बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाईहरु माघ २ गतेदेखि माघ १६ (बैंकिङ समय पश्चात्) गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।