एभरेष्ट बैंकको प्रमोटर सेयरमा श्रेष्ठहरूको प्रभूत्व, २८.६६ प्रतिशत सेयर श्रेष्ठको हुँदा अन्यको कति ?

काठमाडौं । विदेशी साझेदार रहेको एभरेष्ट बैंकमा श्रेष्ठहरूको प्रमोटर सेयर बढी रहेको छ । बैंकमा पाँच श्रेष्ठ सेयरधनीहरूको मात्रै २८.६६ प्रतिशत सेयर छ । साधारण सेयरधनीहरूको ४०.८३ प्रतिशत सेयर छ भने पंजाव नेशनल बैंकको २०.०३ प्रतिशत सेयर छ ।

बैंकको प्रमोटर सेयरमा सेयरधनीहरू मध्ये सबैभन्दा बढि प्रतिमा श्रेष्ठको सेयर रहेको छ । श्रेष्ठको बैंकमा १४.७७ प्रतिशत सेयर छ । दोस्रो नम्बरमा विष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत सेयर छ ।

एभरेष्ट बैंकमा सेयरधनी रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत, शान्ता देवी पाठकको १.८८ प्रतिशत सेयर छ । अन्य सेयरधनीहरूको तुलनमा सेयरधनी अरुणमान श्रेष्ठको कम छ । श्रेष्ठको बैंकमा ०.९५ प्रतिशत मात्रै सेयर छ ।

हालसम्मा बैंकमा जम्मा १० करोड ६९ लाख ८० हजार ९४४ कित्ता सेयर संख्या पुगेको छ । सेयरधनी प्रतिमा श्रेष्ठको मात्रै १ करोड ५८ लाख ६१ हजार सेयर संख्या छ । त्यसैगरी बैंकमा सेयरधनी विष्णु कृष्ण श्रेष्ठको ९८ लाख २१ हजार ५११ सेयर संख्या रहेको छ ।

अर्को सेयरधनी रभिवकृष्ण श्रेष्ठको २० लाख १२ हजार, किरण कृष्ण श्रेष्ठको २० लाख १२ हजार, शान्ता देवि पाठकको १२ लाख ५८ हजार र अरुणमान श्रेष्ठको १० लाख ११ हजार सेयर संख्या रहेको छ ।

त्यस्तै बैकमा होटल स्नो लायन प्राइभेट लिमिटेडको ९९ लाख ५४ हजार, साधारण सेयरधनीहरूको ४ करोड ३६ लाख ८१ हजार र संयुक्त उद्यम पंजाब नेशनल बैंकको २ करोड १४ लाख २२ हजार सेयर संख्या रहेको छ ।

एभरेष्ट बैंकमा साधारण सेयरधनीको ४०.८३ प्रतिशत, प्रमोटरको ३९.१४ प्रतिशत र विदेशी साझेदार पंजाव नेशनल बैंकको २०ं०३ प्रतिशत सेयर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स