नेपाल बैंकको फुङ्लिङ् नगरपालिकामा एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्सटेन्सन काउन्टर माघ २२ गते सोमबारदेखि सञ्चालनमा आएको हो ।

उक्त एक्सटेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहकाबीच उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेका थिए ।

उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिङग लगायतका विभिन्न बैकिंङ सेवाहरु उपलब्ध हुने छन् ।

नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २४ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक डिजिटल बैंकिङ मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स