महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

महालक्ष्मी विकास बैंकमा विगत १५ वर्ष देखि कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ अनुभव रहेको छ ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन् । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकको सीईओ पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स