काठमाडौं । कर्जा रिकभरीमा लागेका बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गरेको व्यवसाय तथा लगानीलाई हेर्दा कतिपय सूचकांक राम्रा देखिएका छन् भने कतिपय सूचकांक अझै सुधार गर्नुपर्ने पाटोहरू प्रशस्त देखिएका छन् । बैंकमा निक्षेप थुप्रिएको छ, कर्जा प्रवाह हुन सकेको छैन । सीडी रेसियो ठूलो ग्याप बनाएर बसेको छ भने खराब कर्जाको ग्राफ बढेर माथि पुगेको छ । अघिल्ला वर्षमा मुस्किलले जेठ महिना नत्र भने असारमा रिकभरीमा जुट्ने बैंकहरू अहिले भने वर्षको सुरु देखिनै लागि परे । तर पनि यसमा बैंकहरूले सोचेको जस्तो सफलता हासिल गर्न सकेनन् र खराब कर्जा बढेर ३.४ प्रतिशत पुग्यो । गत आवको सोही अवधिमा बैंकहरूको यस्तो कर्जा १.७७ प्रतिशत थियो ।
निक्षेप
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको ५३ खर्ब ५४ अर्ब ४३ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवको सोहि अवधिमा वाणिज्य बैंकहरूको यस्तो निक्षेप ४६ खर्ब ४७ अर्ब ९३ करोड ११ लाख रुपैयाँ थियो । गत वर्षको दोस्रो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप १५.२० प्रतिशतले बढि हो । चालु आवको पहिलो त्रैमासमा बैंकहरूको निक्षेप ५१ खर्ब ५३ अर्ब ७६ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
कर्जा
वाणिज्य बैंकले दोस्रो त्रैमासमा ४४ खर्ब ५३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छन् । गत आवको समीक्षा अवधिमा वाणिज्य बैंकहरूको यस्तो कर्जा ४२ खर्ब ७१ अर्ब २२ करोड २६ लाख रुपैयाँ रहेको थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा बैंकहरूको कर्जा ४.२७ प्रतिशतले बढेको हो ।
बैंकको कुल सम्पत्ति
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५८ खर्ब ४८ अर्ब १६ करोड ३८ लाख रुपैयाँ कुल सम्पत्ति रहेको वाणिज्य बैंकहरूको चालु आवको सोहि अवधिमा ६५ खर्ब ९६ अर्ब ८१ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा बैंकहरूको कुल सम्पत्ति १२.८० प्रतिशतले बढेको देखिन्छ ।
कुल पुँजी
त्यस्तै यो अवधिमा २० वाणिज्य बैंकहरूको कुल पुँजी ६.९८ प्रतिशत रहेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकहरूको कुल पुँजी ६ खर्ब ७१ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आवको समिक्षा अवधिमा बैंकहरूको यस्तो कुल पुँजी ६ खर्ब २७ अर्ब ९१ करोड ९३ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा बैंकहरूको कुल पुँजी ६ खर्ब ८५ अर्ब ९० करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
वितरणयोग्य नाफा
वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा १५२.८९ प्रतिशत रहेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा १० अर्ब १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा बैंकहरूको यस्तो वितरणयोग्य नाफा १९ अर्ब १६ करोड १३ लाख रुपैयाँ थियो । चालु आवको यो अवधिमा २० वाणिज्य बैकहरू मध्ये ८ वटा बैंकहरूले लाभांश दिन सकिने देखिएको छ भने अन्य बैंकहरूको लाभांश दिन नसक्ने अवस्था देखिएको छ ।
खराब कर्जा
चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ६६.०६ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा बैंकहरूको यस्तो खराब कर्जा ५४.०५ प्रतिशत थियो । गत आवको सोहि अवधिको तुलनामा बैंकहरूको चालु आवको दोस्रो त्रैमासमा १२.०१ प्रतिशतले बढि हो । यो अवधिको पहिलो त्रैमासमा बैंकहरूको खरब कर्जा ७१.३० प्रतिशत थियो । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा भने बैंकहरूको खराब कर्जा ५.२४ प्रतिशतले घटेको हो ।
ब्याज आम्दानी
यो अवधिमा वाणिज्य बैंकहरूको ब्याज आम्दानी १६.२२ प्रतिशत बढेको छ । चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकमा ३ खर्ब ५ अर्ब ५ करोड ८६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । गत आवको सोहि अवधिमा बैंकहरूको यस्तो ब्याज आम्दानी २ खर्ब ६२ अर्ब ४९ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
ब्याज खर्च
गत आर्थिक वर्ष २०७९ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको १ खर्ब ७४ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ मात्रै ब्याज खर्च गरेका थिए । चालु आवको यो अवधिमा बैंकहरूले २ खर्ब ८ अर्ब ७६ करोड १० लाख रुपैयाँ ब्याज खर्च गरेका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आवको यो अवधिमा बैंकहरूको ब्याज खर्च १९.३१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको असार अन्तिममा वाणिज्य बैंकहरूले ३ खर्ब ६५ अर्ब २ करोड ९८ लाख रुपैयाँ ब्याज खर्च गरेका थिए ।
खुद ब्याज आम्दनी
वाणिज्य बैंकहरूले आफ्नो खुद ब्याज आम्दानी पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी १०.०२ प्रतिशतले वृद्धि भएको देखिन्छ । यो अवधिमा बैंकहरूले ९६ अर्ब २९ करोड ७६ लाख रुपैयाँ खुद ब्याज खर्च गरेका छन् । गत आवको समीक्षा अवधिमा बैंकहरूको यस्तो खुद ब्याज खर्च ८७ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मात्रै थियो ।
खुद फि आम्दानी
खुद फि आम्दानी बैंकहरूको खुद फि आम्दानी २०.६५ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरूले दोस्रो त्रैमासमा १५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँको खुद फि आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा १२ अर्ब ९४ करोड ६० लाख रुपैयाँको खुद फि आम्दानी गरेका थिए । गत आवको सोहि अवधिको तुलनामा बैंकहरूको खुद फि आम्दानी बढेको हो ।
ट्रेडिङ आय
वाणिज्य बैंकहरूले चालु आवाको देस्रो त्रैमासमा ३ अर्ब १७ करोड ९ लाख रुपैयाँको ट्रेडिङ आय गरेका छन् । बैंकहरूले गत आवको दोस्रो त्रैमासमा २ अर्ब ९९ करोड ५४ लाख रुपैयाँको ट्रेडिङआय गरेका थिए । गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकहरूको टे«डिङ आय यो अवधिमा ५.८६ प्रतिशतले बढेको हो ।
अन्य कुल संचालन खर्च
वाणिज्य बैंकहरूले पुष महिनासम्म २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ अन्य कुल संचालन खर्च गरेका छन् । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकहरूको यस्तो अन्य कुल संचालन खर्च २ अर्ब ४० करोड ४६ लाख रुपैयाँ अन्य कुल संचालन खर्च गरेका थिए । चालु आवको पहिलो त्रैमासमा भने बैंकहरूले १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ अन्य कुल खर्च गरेका थिए ।
कुल सञ्चालन खर्च
वाणिज्य बैंकहरूको दोस्रो त्रैमासमा ११.५० प्रतिशत कुल संचालन खर्च वृद्धि भएको छ । पुष महिनासम्म बैंकहरूले १ खर्ब १८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरूको कुल सञ्चालन आय खर्च १ खर्ब ५ अर्ब ८७ करोड १५ लाख रुपैयाँ मात्रै थियो ।
इम्पेरिमेन्ट चार्ज
चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको २७ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा बैंकहरूको इम्पेरिमेन्ट चार्ज १६ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ रहेको थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकहरूको यस्तो इम्पेरिमेन्ट चार्ज चालु आवको यो अवधिमा ६७.१६ प्रतिशतले बढेको हो ।
रिर्टन अफ इक्विटी
वाणिज्य बैंकहरूले दोस्रो त्रैमासमा (रिर्टन अफ इक्विटी) आरओई १९२.४५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २६५.१३ प्रतिशत रहेको थियो । गत आवको तुलनामा बैंकहरूको आरओई ७२.६८ प्रतिशतले घटेको हो ।
कस्ट अफ फण्ड
बैंकहरूले दोस्रो त्रैमासमा कस्ट अफ फण्ड १४७.०७ प्रतिशत रहेको छ । बैंकहरूको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कस्ट अफ फण्ड १८८.२६ प्रतिशत थियो । गत आवको तुलनामा बैंकहरूको कस्ट अफ फण्ड १४.४५ प्रतिशतले घटेको हो ।
बेसरेट
वाणिज्य बैंकहरूको बेसरेट १८८.८९ प्रतिशत रहेको छ । गत आवको सोहि अवधिमा बैंकहरूको बेसरेट २३८.५८ प्रतिशत रहेको थियो । चालु आवको पहिलो त्रैमासमा बैंकहरूको बेसरेट १९९.८९ प्रतिशत रहेको थियो ।