काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैकहरूले सरकारलाई १२ अर्ब ६६ करोड १४ लाख रुपैयाँ आयकर तिरेका छन् । गत आवको सोहि अवधिमा सञ्चालित वाणिज्य बैंकहरूले सरकारलाई १३ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ आयकर तिरेका थिए ।
चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले सरकारलाई ६ अर्ब ७ करोड १६ लाख रुपैयाँ आयकर तिरेको थिए । पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको यस्तो आयकर दोस्रो त्रैमास (पुष महिना)सम्म दोबर ६ अर्ब ५८ करोड ९७ लाख रुपैयाँले बढि तिरेको देखिन्छ ।
चालु अवाको दोस्रो त्रैमासमा सरकारलाई सबै भन्दा बढि आयकर तिर्ने नबिल बैंक रहेको छ । सरकारलाई बैंकले १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ आयकर तिरेको हो । सोहि अवधिमा सरकारलाई कम आयकर तिर्ने नेपाल बैंक बनेको छ । बैंकले १७ करोड ३५ लाख रुपैयाँ मात्र आयकर तिरेको छ । पहिलो त्रैमासको तुलनामा बैंकले सरकारलाई तिरेको आयकर दोस्रो त्रैमासमा ९.६६ प्रतिशतले बढि हो ।
यो अवधिमा सरकारलाई बढि आयकर तिर्ने दोस्रो नम्बरमा प्रइम बैंक रहेको छ । बैंकले ९३ करोड ५४ लाख रुपैयाँ आयकर तिरेको छ । गत आवको समिक्षा अवधिमा बैंकले सरकारलाई ७१ करोड ३ लाख रुपैयाँ मात्र बुझाएको थियो ।
त्यसैगरी सरकारलाई बढि आयकर तिर्ने तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले पुष महिनासम्म सरकारलाई ८६ करोड ३७ लाख रुपैयाँ आयकर तिरेको देखिन्छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ८४ लाख रुपैयाँ आयकर तिरेको थियो ।
त्यसै गरी ६ वाणिज्य बैंकहरूले सरकारलाई ७० करोड देखि ७८ करोडको हाराहारीमा आयकर तिरेको देखिन्छ । ग्लोबल आईएमई बैंकले ७८ करोड १४ लाख, नेपाल इ्न्भेष्टमेण्ट बैंकले ७७ करोड ९१ लाख, स्ट्याण्डर्ड चार्टड बैंकले ७३ करोड ९८ लाख, एभरेष्ट बैंकले ७३ करोड ४२ लाख, प्रभु बैंकले ७३ करोड ६८ लाख र एनआईसी एसिया बैंकले ७० करोड ५७ लाख रुपैयाँ आयकर तिरेका छन् ।
चालु आवको यो दोस्रो त्रैमासमा सिद्धार्थ बैंक र कृषि विकास बैंकले सरकारलाई ५०÷५० करोड रुपैयाँ आयकर तिरेका छन् । हिमालयन बैंकले ६६ करोड ५१ लाख, कुमारी बैंकले ६३ करोड ९३ लाख, एनएमबी बैंकले ५६ करोड ४४ लाख र माछापुच्छ्रे बैंकले ४९ करोड १९ लाख रुपैयाँ सरकारलाई आयकर तिरेका हुन् ।
समीक्षा अवधिमा सानिमा बैंकले ४३ करोड ५८ लाख, लक्ष्मी बैंकले ३९ करोड ३९ लाख, नेपाल एसबिआई बैंकले ३८ करोड ५५ लाख, सिटिजन्स बैंकले ३१ करोड ७९ लाख रुपैयाँ आयकर तिरेका छन् ।