लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । विकास बैंकको कार्तिक ८ गते (मंगलबार) बसेको सञ्चालक समितिको ४०७ औं बैठकले लाभांश घोषणा गरेको हो ।

विकास बैंकले १३.७१२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोगजनका लागि समेतगरी ३.७१२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो ।

विकास बैंकको चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र सञ्चालक समितिले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स