बैंकको ब्याजदर घट्दै, औसतमै ९.४४ प्रतिशत

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकहरूको दोस्रो त्रैमासमा औसतमा ९.४४ प्रतिशत रहेको बेसरेट छ । गत आवको सोहि अवधिमा बैंकहरूको आधारदर औसतमा ११.२९ प्रतिशत थियो । गत आवको सोहि अवधिको तुलनामा चालु आवमा बैंकहरूको बेसरेट १.८५ प्रतिशतले घटेको हो । बेसरेट घट्दा बैंकहरूको ब्याजदर पनि घट्छ । बैंकहरूको यस्तो बेसरेट पहिलो त्रैमासमा ९.९९ प्रतिशत थियो ।

चालु आवको दोस्रो त्रैमासमा कुमारी बैंक, प्राइम बैंक र हिमालयन बैंकको बेसरेट १० प्रतिशत रहेको छ भने १३ बैंकहरूको बेसरेट ९ प्रतिशत रहेको छ । बाँकी चार बैंकको बेसरेट ७, ८ प्रतिशतको बीचमा छ ।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर (बेसरेट) घटेर ७.५६ प्रतिशमा सीमित भएको छ । गत चालु आवको सोहि अवधिमा बैंकको बेसरेट ९.६७ प्रतिशत रहेको थियो । चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर ८.४२ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो त्रैमासमा बेसरेट ८.७० प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको यो अवधिमा आफ्नो बेसरेट घटाएर ७.९० प्रतिशतमा सीमित गरेको छ । गत आवको समीक्षा अवधिमा बैंकको यस्तो बेसरेट ९.७३ प्रतिशत थियो ।

चालु आवको दोस्रो त्रैमाससम्म नेपाल बैंकले ८.५५ प्रतिशत, एभरेष्ट बैंक ८.८७ प्रतिशत, नबिल बैंक ९.०७ प्रतिशत, सिद्धार्थ बैंकको ९.२८ प्रतिशत बेसरेट रहेको छ । सानिमा बैंकको ९.२९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.४१ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत आधार दर रहेको छ ।

ग्लोबल आईएमई बैंकको ९.६० प्रतिशत आधार दर रहेको छ भने नेपाल एसबिआई बैंकको आधार दर ९.६६ प्रतिशत, एनआईसी एशिया बैंकको आधार दर ९.६८ प्रतिशत, माछापुच्छुरे बैंकको ९.७८ प्रतिशत रहेको छ । सिटिजन्स बैंकको ९.८१, कृषि विकास बैंक ९.८२ प्रतिशत, एनएमबि बैंक ९.९५ प्रतिश, लक्ष्मी बैंकको ९.९९ प्रतिशत रहेको छ । कुमारी बैंकले १०.२८ प्रतिशत, प्राइम कमर्शियल बैंक आधारदर १०.३८ प्रतिशत, हिमालयन बैंकको १०.५९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स