बैंकको वितरणयोग्य नाफाः १२ बैंक लाभांश बाड्न नसक्ने अवस्थामा, ८ बैंकमात्रै पोजेटिभ

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकहरूमध्य ८ वटामात्रै लाभांश बाड्न सक्ने देखिएका छन ्। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ बैंकको वितरणयोग्य नाफा देखिएको छ भने अन्य बैंकको वितरणयोग्य नाफा नै घाटामा देखिएको छ ।

लाभांश बाड्न सक्ने क्षमतामा देखिएका बैंकहरूमा एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टर्ड, नबिल, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, प्राइम बैंक लाभांश बाड्न सक्ने क्षमतामा देखिएका छन् भने अन्य बाँकी बैंकको वितरणयोग्य नाफा नै घाटमा देखिएको छ ।

वितरणयोग्य नाफा घाटामा देखिएका बैंकहरूले अहिले देखिएको घाटा पूर्ति गरेपछिमात्रै विवरणयोग्य नाफा धनात्मक हुन्छ । त्यसपछि मात्रै बैंक लाभांश बाड्नको लागि सक्षम हुने हो ।

सो कारण चालु आवको दोस्रो त्रैमाससम्म वितरणयोग्य घाटामा रहेका बैंकहरू आफूले कमाएको नाफाबाट लाभांश बाड्न नसक्ने अवस्था देखिएको बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकहरूको खराब कर्जा बढेर ३.४ प्रतिशत पुग्दा इम्पेरिमेन्ट चार्ज बढ्न गएको छ । एक वर्षको अवधिमा बैंकहरूको इम्पेरिमेन्ट चार्ज १० अर्ब ९९ करोड रुपैयाँले बढेर २७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

आफ्नो वितरणयोग्य नाफा सार्वजानिक गरेको छन् । चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले १० अर्ब १३ करोड वितरणयोग्य नाफा गरेका छन् । बैंकहरूले ठूलो रकम खराब कर्जा प्रोभिजिङको लागि छुट्याउँदा समग्रमा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा १० अर्ब १३ करोड रुपैयाँ घाटमा देखिएको छ ।

सबै भन्दा बढि वितरणयोग्य नाफा गर्ने पहिलो नम्बरमा एभरेष्ट बैंक रहेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । बैंकले गत आवको सोहि अवधिमा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । यस्तो वितरणयोग्य नाफा बैंकले चालु आवको पहिलो त्रैमासमा ४१ करोड ५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।

दोस्रो नम्बरमा स्ट्याण्डर्ड चार्डर्ट बैंक रहेको छ । चालु आवको पहिलो त्रैमासमा ४३ करोड ५५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको सो बैंकले दोस्रो त्रैमासमा १ अर्ब १३ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । गत आवको समिक्षा अवधिमा बैंकले १ अर्ब रुपैयाँको वितरणयोग्य नाफा गरेको थियो ।

बढि वितरणयोग्य नाफा गर्ने तेस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ वितरणयोग्य नाफा भएको छ । बैंकले पहिलो त्रैमासमा ३५ करोड १२ लाख रुपैयाँ मात्र वितरणयोग्य नाफा गरेको थियो । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैकको यस्तो नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २४ करोड ५१ लाख रुपैयाँको वितरणयोग्य नाफा गरेको थियो ।

त्यसैगरी बढि वितरणयोग्य नाफा गर्ने कृषि विकास बैंकको ७५ करोड २१ लाख रुपैयाँको वितरणयोग्य नाफा बढेको छ । गत आवको सोहि अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ६१ करोड ६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । गत आवको तुलनामा बैंकको वितरणयोग्य नाफा घटेको हो ।

त्यसैगरी सानिमा बैंकले ६५ करोड १४ लाख, नेपाल एसबिआई र्बैकले ४९ करोड ५५ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४० करोड ६२ लाख, प्राइम बैंकले ६ करोड ४१ लाख रुपैयाँ आफ्नो वितरणयोग्य नाफा गरेका छन् ।

चालु आवको यो अवधिमा सिटिजन्स बैंंक विवरण योग्य नाफामा २१ करोड ३० लाख, रुपैयाँले घाटमा देखिएको छ भने माछापुच्छ्रे बैंकले २४ करोड ६९ लाख, सिद्धार्थ बैंकले ३० करोड ४५ लाख, नेपाल बैंकले ५६ करोड ९० लाख, एनआईसी एशिया बैंकले ५९ करोड २२ लाख, लक्ष्मी बैंकले ८१ करोड १८ लाख, एनएमबि बैंकले ९९ करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा घाटा भएको छ ।

त्यसैगरी ग्लोबल आईएमई बैंकले १ अर्ब २७ करोड ७० लाख, प्रभु बैंकले १ अर्ब ८६ करोड ७४ लाख, नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब ९५ करोड ५४ लाख, कुमारी बैंकले ३ अर्ब ७७ करोड १८ लाख र हिमालयन बैंकले ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ आफ्नो वितरणयोग्य नाफा घाटामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स