कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ६३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १० गते) ले ३५ दिन भित्र आवेदन दिन सकिनेछ ।

बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौँ १ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौँमा आवेदन दिन सकिनेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स