काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंककहरूको कुल ब्याज खर्च २ खर्ब ८ अर्ब ७६ करोड पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकले गरेको ब्याज खर्च गत आवकोभन्दा १९.३१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकहरूको यस्तो ब्याज खर्च १ अर्ब ७४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेका थिए ।
वाणिज्य बैंकमध्य ८ वाणिज्य बैंकहरूले १० अर्ब माथिको ब्याज खर्च गरेका छन् भने ६ वाणिज्य बैंकहरूले ८ अर्ब माथि र ४ बैंकको ब्याज खर्च सोभन्दा कम रहेको छ । आवको यो अवधिमा सबैभन्दा बढि ब्याज खर्च ग्लोबल आईएमई बैंक रहेको छ ।
बैंकले १८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँको ब्याज खर्च गरेको छ । बैंकले गत आवको सोहि अवधिमा यस्तो ब्याज खर्च १२ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ रहेको थियो । गत आवको तुलनामा बैंकको ब्याज खर्च ५ अर्ब ५२ करोड रुपैयाँले बढि हो ।
बढी ब्याज खर्च गर्ने दोस्रो बैंक नबिल बैंक रहेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा १५.२८ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकको यस्तो ब्याज खर्च १३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ रहेको थियो । चालु आवको बैंकले दोस्रो त्रैमासमा बैंकको यस्तो खर्च २ अर्ब ६ करोड रुपैयाँले बढेर १५ अर्ब ६० करोड ४ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।
तेस्रो नम्बरमा एनआईसी एसिया बैंकले यो अवधिमा १५ अर्ब ४१ लाख रुपैयाँको ब्याज खर्च गरेको छ । गत आवको सोहि अवधिमा बैंकको यस्तो ब्याज खर्च १३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो ।
त्यस्तै चौथौं नम्बरमा कुमारी बैंक रहेको छ । गत आवको यो अवधिमा ८ अर्ब ५५ करोड २ लाख रुपैयाँ ब्याज खर्च गरेको सो बैंकले चालु आवाको यो अवधिमा १४ अर्ब ६४ करोड १७ लाख रुपैयाँ ब्याज खर्च गरेको हो । गत आवको तुलनामा बैंकको ब्याज खर्च ६ अर्बले बढि गरेको छ ।
यो अवधिमा नेपाल इन्भेष्टमेण्ट बैंकले १४ अर्ब ५२ करोड १० लाख, हिमालयन बैंकले १२ अर्ब ५२ करोड ३९ लाख, लक्ष्मी बैंकले १२ अर्ब ४५ करोड ७५ लाख, प्रभु बैंकले १० अर्ब ७४ करोड ४९ लाख रुपैयाँ ब्याज खर्च गरेका छन् ।
त्यसैगरी प्राइम बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब माथिको ब्याज खर्च गरेका हुन् । कृषि विकास बैंकले ८ अर्ब ८० करोड २२ लाख, नेपाल बैंकले ८ अर्ब ६१ करोड ५५ लाख, एभरेष्ट बैंकले ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ ब्याज खर्च गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ५० करोड २२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकले गत आवको सोहि अवधिमा ३ अर्ब ५ करोड ४७ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो ।
माछापुच्छ्रे बैंकले ६ अर्ब ३२ करोड १ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत आवको समिक्षा अवधिमा बैंकले ६ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो ।
त्यसैगरी नेपाल एसबी आई बैंक रहेको छ । बैंकले यो अवधिमा ६ अर्ब ५९ करोड ६५ लाख रुपैयाँको ब्याज खर्च गरेको छ । बैंकले गत आवको सोहि अवधिमा ५ अर्ब ५५ करोड ९ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो ।
सिटिजन्स बैंकले ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तो खर्च बैंकले गत आवको समिक्षा अवधिमा ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको ब्याज खर्च गरेको थियो ।