सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहित उनको परिवारलाई दोषी ठहर गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार उनीहरूलाई दोषी ठहर गरेको हो।

उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो। इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो। सभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ विगो दाबी गरिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको यो मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ भएको थियो । विशेष अदालतले इच्छाराजलाई दोषी ठहर गरिसकेपछि अब सजाय निर्धारणका लागि अर्को पेशी तोकिने भएको छ ।

 इच्छाराज र केशवलाल थुनामा, अरुलाई धरौटीमा छाड्न आदेश
सिभिल सहकारी प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल हाल कारागारमा छन्। उनीहरूमध्य सिर्जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए । त्यहीकारण सहकारीमा जम्मा भएको साढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो।

यसअघि ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स