ब्याजदरमा राष्ट्र बैंकले अंकुश लगाउँदा ५ दिनमा बैंकिङ सिस्टमबाट २० अर्ब बाहिरियो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २० अर्ब रुपैयाँले घटेको छ । बैंकहरुले असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार कार्तिक ५ गतेसम्म बैंकहरुसँग निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ छ ।

बैंकहरुले निक्षेप संकलन बढाउन कार्तिक महिनाका लागि बैंकहरुले १०.१० प्रतिशतसम्म निक्षेपको ब्याजदर सार्वजनिक गरेका थिए । बढ्दो ब्याजदरको चौतर्फी विरोध हुन थालेपछि नियामक निकाय राष्ट्र बैंकले कार्तिक २ गते ३ बुँदे परिपत्र जारी गर्दै अघिल्लो महिनाको तुलनामा ब्याजदरलाई १० प्रतिशतभन्दा धेरैले नबढाउन निर्देशन दिएको थियो ।

बैंकहरुले राष्ट्र बैंकको निर्देशन आएको २४ घण्टा भित्र पुन नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकर्स संघको तथ्यांक अनुसार कार्तिकको पहिलो साता बैंकहरुको निक्षेप घटेपनि कर्जा विस्तार भएको भने देखिदैन । असोज मसान्तसम्म बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । कार्तिक पहिलो सातामा पनि असोज मसान्तकै समान कर्जा विस्तार भएको देखिन्छ ।

चालु आर्थिक वर्षको कार्तिक ५ गतेसम्म बैंकहरुले ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा विस्तार भने २ खर्ब ७७ अर्ब  रुपैयाँ भएको देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स