आइएमई पे एपमा १ रूपैयाँको खेल : उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भई १ रूपैयाँ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रूपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सकिने छ । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ ।

साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (१५० रूपैयाँ सम्म) पनि प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स