स्ट्याण्डर्ड चार्टर्डको खुद नाफा पौने २ अर्ब, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.४० प्रतिशत बढेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.७७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५८ पैसा घटेर ३६ रुपैयाँ ६२ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स