महालक्ष्मी विकास बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत र सञ्चालन मुनाफा १२.८३ प्रतिशत घटेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ३ रुपैयाँ २८ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ ३३ पैसामा झरेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ४ पैसा रहेको छ ।

४ अर्ब १७ करोड १३ लाख रुपैयाँ चुक्ता पुजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले ५३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स