इम्पेरिमेन्ट चार्ज बढेपछि सांग्रिलाको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३९.२१ प्रतिशत घटेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।

३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स