काठमाडौं । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालू आवको उक्त अवधिसम्ममा कम्पनीको ब्याज आम्दानी घटेपनि कमिसन र सञ्चालन नाफा बढेकाले खूद नाफा बढेको हो ।
कम्पनीको खूद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ कायम भएको छ। गत वर्षको उक्त अवधिसम्ममा कम्पनीले १ अर्ब २ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको थियो।
कम्पनीको खूद शुल्क तथा कमिसन आम्दानी १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेड कोष १ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १५.७८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने चुक्तापूँजी ३ अर्ब २८ करोड रुपैयाँ छ ।