बैंक तथा वित्तीय संस्थाको निस्क्रिय कर्जा बढ्दै, प्रोभिजिङ बढेर ५ महिनानामै ३४ अर्ब पुग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जामा बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ३.६६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सो अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा १.९८ प्रतिशतमात्रै थियो । एक वर्षपको अवधिमा बढेर १.६८ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा अनुपातमा भएको वृद्धि करिब दोब्बर हो ।

निष्क्रिय कर्जाका कारण बैंकहरुले सम्भावित कर्जा नोक्सानीबापत प्रोभिजन गर्नुपर्ने रकम पनि बढेको हो । चालु आर्थिक वर्षको ५ महिनामा बैंक तथा वित्तीयहरूले सम्भावित कर्जा नोक्सानीको लागि ३३ अर्ब ८९ करोड ९० लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ । गत कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३१ अर्ब ६२ करोड ८० लाख रुपैयाँ प्रोभिजिङ गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले गरेको सो प्रोभिजिङमध्ये वाणिज्य बैंकहरूको २९ अर्ब १६ करोड ९० लाख रुपैयाँ हो । गत कार्तिकसम्म वाणिज्य बैंकहरूको यस्तो प्रोभिजिङ २७ अर्ब १२ करोड रुपैयाँ थियो । कार्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको प्रोभिजिङ ७.१८ प्रतिशतले वृद्धि भएको छ ।

विकास बैंकहरूले चालु आवको पहिलो ५ महिनामा ३ अर्ब ७५ करोड ७० लाख रुपैयाँ प्रोभिजिङ गरेका छन् । कार्तिक महिनासम्म विकास बैंकले खराब कर्जाको लागि ३ अर्ब ५८ करोड रुपैयाँ छुट्याएका थिए । कार्तिकको तुलनामा विकास बैंकको यस्तो प्रोभिजिङ ४.९३ प्रतिशतले बढेको छ ।

फाइनान्स कम्पनीको प्रोभिजिङ पनि कार्तिकको तुलनामा मंसिरमा बढेको छ । मंसिर महिनामा फाइनान्स कम्पनीहरूले गरेको प्रोभिजिङ ५.३५ प्रतिशतले बढेर ९७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वाणिज्य बैंकको प्रोभिजिङ ७.१८ प्रतिशतले बढेसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रोभिजिङ रकम बढेर ५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पुगको छ । गत आवको अन्त्यसम्म बैंकको यस्तो प्रोभिजिङ रकम ९ अर्ब ७८ करोड २७ लाख रुपैयाँ थियो । ५ महिनाको यो अवधिमा बैंकले ३ अर्ब ७० करोड रुपैयाँले घटाएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकपछि बढी खराब कर्जा भएको बैंक कुमारी बैंक हो । बैंकले चालु आवको पहिलो ५ महिनामा बैंकले ८ अर्ब ३१ करोड ५९ करोडले प्रोभिजिङ रकम घटाएको छ ।

समीक्षा अवधिमा कृषि विकास बैंकले पनि आफूले प्रोभिजिङ गरेको रकम आधाले घटाएको छ । गत आवको अन्त्यसम्म बैंकको प्रोभिजिङ रकम ४ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ थियो । सो प्रोभिजिङ ५ महिनामा घटेर २ अर्ब ९६ करोड ६० लाख रुपैयाँमा सीमति भएको छ ।

अन्य बैंकको प्रोभिजिङ घटेपनि लक्ष्मी सनराइज बैंकको प्रोभिजिङ भने बढेको छ । गत आवको अन्त्यसम्म १ अर्ब ४४ करोड ९१ लाख रुपैयाँ रहेको उक्त बैंकको प्रोभिजिङ रकम ५ महिनाको अवधिमा बढेर २ अर्ब ४२ करोड रुपैयाँ प्रोभिजिङ गरेका छन् ।

समीक्षा अवधिसम्म सरकारी स्वामित्त्वको राष्ट्रिय वाणिज्य बैंकको प्रोभिजिङ १ अर्ब ८२ करोड ६० लाख रहेको छ भने नबिल बैंकको १ अर्ब ४२ करोड ८९ लाख, नेपाल बैंकको १ अर्ब १६ करोड ७३ लाख, नेपाल एसबिआई बैंकको १ अर्ब ३४ करोड ६६ लाख, सिद्धार्थ बैंकले १ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ प्रोभिजिङ रहेको छ ।

ग्लोबल आईएमई बैंकको प्रोभिजिङ घटेको छ । ५ महिनाको यो अवधिमा बैंकको प्रोभिजिङ करिब एक अर्बले घटेर एक अर्ब ६७ करोड ६३ लाख रुपैयाँमा झरेको छ । ग्लोबल बैंकको प्रोभिजिङ गर्नुपर्ने रकम घटाएपनि एनएमबि बैंकले भने यो अवधिमा प्रोभिजिङ रकम बढाएको छ । गत आवको अन्त्यसम्म १ अर्ब ४१ करोड ५७ लाख रहेको बैंकको प्रोभिजन बढेर १ अर्ब ७८ करोड १२ पुगे को छ ।

प्राइम कमर्शियल बैंकले पनि यो अवधिमा प्रोभिजिङ रकम घटाएर १५ करोड ३४ लाख रुपैयाँमा सीमित थियो । गत आवको अन्त्यसम्म बैंकले २ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ प्रोभिजिङ शीर्षकमा छुट्याएको थियो ।

अन्य बैंकको प्रोभिजिङ रकम भने करोडमा सीमित रहेको छ । करोड रुपैयाँमा प्रोभिजिङ रकम छुट्याउने बैंकहरूमा सानिमा, प्रभु, प्राइम, सिटिजन्स, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स