बिजनेश भिसा लिने बढे, रोयल्टी र बोनसबाट बाहिरियो साढे २ अर्बभन्दा बढी ( कुन देशमा कति गयो ?)

काठमाडौं । नेपालमा बिजनेश भिसा लिने लगानीकर्ता बढेका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ हजार ३ सय ५६ लगानीकर्ताले बिजनेस भिसा लिएका छन्। गत वर्ष सोही अवधिमा १ हजार ११ लगानीकर्ताले बिजनेस भिसा लिएका थिए ।

चालु आवको पहिलो ६ महिनामा विदेशी लगानीकर्ताहरूले साढे २ अर्बभन्दा बढी रोयल्टी र बोनसबापतको रकम लगेका छन् । १ अर्ब ४ करोड १६ लाख ८६ हजार ६ सय ९८ रुपैयाँ रोयल्टी बापत र बोनसबापत १ अर्ब ५३ करोड ६५ लाख ३० हजार ५ सय ७१ रुपैयाँ लगानी आफ्नो देशमा लगेको विभागले जनाएको छ।

विदेशी मुद्रातर्फ अमेरिकी डलरमा ८ लाख, भारतीय मुद्रामा झण्डै १४ करोड र युरोतर्फ १३ हजार ६ सय रोयल्टीबापतको रकम आफ्नो देशमा लगेका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स