निफ्राका सीईओ खतिवडाले दिए राजीनामा, निमित्त सीईओमा तामाङ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी खतिवडाले दिएको राजीनामा स्वीकृत गरेको छ ।

कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव महाप्रवन्धकको रुपमा कार्यरत रहेका सूर्यबहादुर तामाङलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स