ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइटेल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लुइटेललाई सीईओमा नियूक्त गरेको हो ।

बैठकले माघ १ गतेदेखि लागू हुने गरी लुइटेललाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

राजविराज, सप्तरी निवासी निज लुइटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए ।

भारतको पुनेबाट एमबीए गरेका लुइटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसीआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केटरस्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुइटेलले नेपालका पुँजी बजारको बारेमा विशेष दखल राख्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स