कर्जा रिकभरीमा जोड दिँदै बैंक, साउन यता साढे १६ अर्ब उठाए सहुलियत कर्जामार्फत प्रदान गरिएकोे ऋण

काठमाडौं । खराब कर्जा बढ्दै गएपछि बैंकहरूले चालु आर्थिक वर्ष लागेपछि कर्जा रिकभरीमा जोेड दिँदै गएका छन् । अन्य कर्जा जस्तै सहुलियत ब्याज अनुदानमा दिएको ऋण चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले १ अर्ब ८० अर्ब ५२ करोड ९९ लाख रुपैयाँमा झारेका छन् । गत आवको अन्त्यसम्म (२०८० असारमसान्तसम्म) बैंक तथा वित्तिय संस्थाहरूले १ खर्ब ९७ अर्ब ६ करोड १३ लाख रुपैयाँ सहुलियत पूर्ण ऋण प्रदान गरेको थिए । चालु आवको ५ महिनाको यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको सहुलियत पूर्ण कर्जा यो अवधिमा १६ अर्ब ५३ करोड रुपैयाँले घटेको हो ।

सरकारले सहुलियत पूर्ण कर्जा दिन थालेको ५ वर्ष नाघिसकेको छ । अहिले बैंकहरूले यो अवधिमा उठाएको कर्जा .भनेको कुल कर्जा प्रवाहको ९.१५ प्रतिशतमात्रै हो । सरकारले दिएको ब्याज अनुदान नपाएको भन्दै यस्ता ऋण लिएका ऋणीहरू कर्जा तथा ब्याज तिर्न कानाकानी गरिरहेका छन् । सोही कारण सरकारी सहुलियत ब्याजमा अनुदान दिएका बैंकहरूले कर्जा दिन नपानेका हुन् । उनीहरूले कर्जा प्रवाहमा भन्दा रिकभरीमा बढी जोड दिएका छन् । सरकारले ल्याएको यो कार्यविधिले गरेको व्यवस्थाअनुसार बैंकहरूले ब्याजअनुदान पाएका छैनन् । गत आवबाटै सरकारले सो ब्याजअनुदान अघोषित रुपमा रोकेको हो ।

सरकारले एकीकृत कार्यविधि, २०५७ अनुसार दश वटा विधामा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको थियो । सोही कार्यविधिलाई कार्यान्वयन गरेर बैंक तथा वित्तिय संस्थाहरूले व्यक्तिगत आर्थिक आवश्यकता पुरा गर्नलाई आफ्नो आधार दरमा २ प्रतिशत विन्दुले बढी नहुने गरी ब्याजदरमा सहुलियत पूर्ण ऋण प्रदान गदै आएका हुन् ।

सरकारले गरेको कानुनी बमोजिम बैंक तथा वित्तिय संस्थाहरूले ५ करोड कर्जा लिन चाहेको अवस्थामा धितो राखेर र कम कर्जा लिनलाई बिना धितो सहुलियत कर्जा प्रदान गर्नेछ ।

महिला उद्यमशील कर्जा
बैंक तथा वित्तीय संस्थाहरूले सबै भन्दा सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलको लागि दिएको छ । सरकारले महिला उद्यमीका लागि उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । सोही समझदारीलाई पालना गरेर बैंकहरूले ५१ अर्ब ७७ करोड १८ लाख रुपैयाँ प्रदान गरेको हो ।

गत आवको अन्त्यसम्म सो शीर्षकमा ५८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ सहुलियत पूर्ण ऋण प्रदान गरेको थिए । गत आवको अन्त्यको तुलनामा अहिले सो कर्जा ६ अर्ब ६१ करोडले कम हो । यो कर्जा एकल वा सामुहिक उद्यमशीलताको लागि प्रदान गरिने छ ।

व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा
चालु आर्थिक वर्षको यो अवधिसम्ममा सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा १ खर्ब २६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । गत आवको अन्त्यसम्म सरकारले १ खर्ब ३५ अर्ब ७६ करोड ३४ लाख रुपैयाँ सहुलियत ऋण दिएको थिए । २०८० साउनयता सो शीर्षकको सहुलियत पूर्ण कर्जा ९ अर्ब ५० करोड रुपैयाँले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्दा १० लाख रुपैयाँसम्म एकाघर परिवारका सदस्यको व्यक्तिगत जमानीका आधारमा व्यावसायिक परियोजना धितोमा ऋण दिने गरेको छ ।

शिक्षित युवा स्वरोजगार कर्जा
सरकारले शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थापनलाई कार्यान्वयन गरी ३२ करोड ९ लाख रुपैयाँ मात्र सहुलियत पूर्ण शैक्षिक ऋण दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैंकहरूले गत आवको समीक्षा अवधिमा ३९ करोड ३ लाख रुपैयाँ कर्जा प्रदान गरेको थियो । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाको प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाहरूले निवेदकको सकल शैक्षिक प्रमाण पत्र धितो राखेर सहुलियत पूर्ण ऋण प्रदान गर्दछ ।

युवा परियोजना कर्जा
बैंक तथा वित्तीय संस्थाहरूले विदेशबाट फर्केका युवा परियोजनाको लागि ३ करोड ५८ लाख रुपैयाँ सहुलियत पूर्ण ऋण दिएका छन् । बैंकहरूले गत आवको अन्त्यसम्म ४ करोड २० लाख रुपैयाँ सहुलियत पूर्ण ऋण दिएको थियो । सरकारले विदेशबाट फर्किएका युवालाई परियोजना कर्जा बिना धितो १० लाख रुपैयाँसम्म लिन पाउने व्यवस्थापन गरेको थियो ।

दलित समुदाय व्यवसाय विकास
सरकारले सहुलियतपूर्ण ब्याजअनुदान कर्जा कार्यविधि २०७५ अनुसार दलित समुदाय व्यवसाय विकास गर्नलाई बिना धितो १० लाख रुपैयाँसम्म सहुलियत पूर्ण ऋण उपलव्ध गराउने व्यवस्था गरेको थियो । सोही निर्णय बमोजिम बैंक वा वित्तिय संस्थाहरूले ३८ करोड ८१ लाख रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रदान गरेको छ ।

गत आवको अन्त्यसम्म यस्तो कर्जा जम्मा ४३ करोड १४ लाख रुपैयाँ प्रदान गरेको थियो । यस्तो कर्जा गाउँपालिका वा नगरपालिका भित्र बसोबास गरिरहेको समूहमा वा एकल रुपमा उपलब्ध हुनेछ ।

उच्च र प्राविधिक तथा व्यावसायीकक शिक्षा कर्जा
बैंक तथा संस्थाहरूले उच्च र प्राविधिक तथा व्यावसायीकक शिक्षाको लागि २ करोड ९३ लाख रुपैयाँ सहुलियत पूर्ण ऋण प्रदान गरेको गरेको छ । गत वर्षको अन्त्यसम्म २ करोड ९७ लाख रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रदान गरेको थियो ।

भूकम्प पीडितहरूको निजी आवास निर्माणको लागि कर्जा
सरकारले भूकम्प पीडितहरूको निजी आवास निर्माणको लागि बिना धितो ३ लाख रुपैयाँसम्म सहुलियत पूर्ण ऋण लिन सकिने कार्यान्वयन गरेको थियो । सोही कार्यविधिलाई पालना गरेर बैंकहरूले १ करोड २६ लाख रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रदान गरेको हो ।

कपडा उद्योग सञ्चालनको लागि कर्जा
सरकारले कपडा उद्योग सञ्चालननको लागि धितो राखेर ५ करोड रुपैयाँसम्म सहुलियत पूर्ण लोन लिन सकिने व्यवस्थापन गरेको थियो । सोही व्यवस्थापनलाई पालना गरेर बैंक तथा वित्तिय संस्थानहरूले १ अर्ब ६५ करोड ७० लाख रुपैयाँ सहुलियत पूर्ण ऋण प्रदान गरेका छन् । बैंकहरूले गत आवको अन्त्यसम्म १ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रदान गरेको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि कर्जा
बैंक तथा वित्तीय संस्थाहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्म सहुलियत पूर्ण ऋण प्रदान गर्ने व्यवस्था गरेको छ । गत आवाको अन्त्यसम्म २ लाख रुपैयाँमात्रै सहुलियत पूर्ण कर्जा प्रदान गरेको थियो

युवा वर्ग स्वरोजगार कर्जा
त्यसैगरी बैंक तथा वित्तिय संस्थानहरूले युवा वर्ग स्वरोजगार कर्जा भनेर २ करोड ४७ लाख रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रदान गरेको हो । गत आवमा बैंक तथा वित्तीय संस्थाहरूले १ करोड ९ लाख रुपैयाँ मात्र सहुलियत पूर्ण कर्जा प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स