नेपाल बैंकको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २९ गते आइतबारका दिन नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्रांगणमा सम्पन्न भएको हो ।

सभा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ ।

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट मिति २०८० पौष २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स