ग्लोबल आइएमई बैंकले पनि घटायो ब्याजदर, कुनमा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले ग्लोबल रेमिट बचत खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिटर्स टर्म डिपोजिटमा ९.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स