काठमाडौं । नबिल बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले नबिल प्रिमियम रेमिटेन्स बचत खातामा ७.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि संस्थागततर्फ ८ र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।