लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर, कुनमा कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि पुसमा ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले यसअघि पुसमा संस्थागततर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स