महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरि लम्साललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकका सीईओ बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकले लम्साललाई कामुको जिम्मेवारी दिएको हो । वि.सं. २०७७ चैत २ गते बैंकको सीईओमा नियुक्त भएका उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । देवकोटाले विविध व्यक्तिगत कारण देखाउदै पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।

साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका देवकोटा महालक्ष्मीमा प्रवेश गर्नुअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स