राष्ट्र बैंकको नियम नमान्ने ३ बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चौथो त्रैमासमा नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई कारबाही गरेको छ । यी बैंकहरुले तोकिएको अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगर्दा बैंक सुपरिवेक्षण विभागले जरिवाना गराएको हो ।

नेपाल बंगलादेश बैंकले ३० हजार ३२४ रुपैयाँ २४ पैसा, प्रभु बैंकले ३५ हजार ६९५ रुपैयाँ १२ पैसा र हिमालयन बैंकले २ पटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना केन्द्रीय बैंकलाई तिरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप दायित्वको निश्चित प्रतिशत रकम अनिवार्य रुपमा राष्ट्र बैंकमा खोलेको खातामा नगदै जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यी ४ बैंकहरुले कुल संकलित निक्षेपको निश्चित दाहित्व राष्ट्र बैंकको खातामा जम्मा नगरेकाले कारबाहीमा परेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स