कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कामना सेवा विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज एक सूचना जारी गर्दै माघ महिनाका लागि ब्याजदर घटाएको हो ।

बैंकले माघ महिनाका लागि मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले २ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.६० प्रतिशत ब्याज दिएको थियो ।

यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया र कुमारी बैंकले पनि ब्याजदर घटाइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स