काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको हो ।
बैंकको पुस २६ गते सम्पन्न २८ औं साधारणसभाबाट गोयललाई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै सभाले गोयलसहित अन्य चार जना सञ्चालक चयन गरेको छ ।
मनोज कुमार गोयल, जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका थिए ।
गोयल र कट्वाल संस्थापक सेयरधनीहरूको तर्फबाट र भ्लोन, मुरारका र सुवेदी सर्वसाधारण सेयरधनीहरूको तर्फबाट निर्वाचित भएका हुन् ।
एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जनाएको छ ।
अध्यक्ष चयन भएसँगै गोयलले सोहि दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् ।
यसअघि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान थिए ।