काठमाडौं । लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ । सभा पौष २६ गते काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।