बाह्य क्षेत्रमा सुधार, शोधनान्तर बचत बढेर २ खर्ब १० अर्ब नाघ्यो

काठमाडौं । चालु आवको पहिलो ५ महिनामा देशको शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । गत आवको सो अवधिकोभन्दा चालु आवको यो अवधिमा देशको बाह्य अवस्थामा साढे ४ गुणाले बढेको छ ।

अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।

सरकारी खातामा कार्तिक महिनासम्ममा कुल १५ खर्ब ३६ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिती रहेकोमा मंसिर महिनामा १५ प्रतितले बृद्धि भई १७ खर्ब ६७ अर्ब नाघेको हो । उक्त विदेशी विनिमयले नेपालको कूल वस्तु तथा सेवा आयात ११.८ महिना अर्थात करिब एक वर्षलाई धान्न सक्ने देखिएको छ । विगतमा छ महिनाको मात्रै वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेको नेपाली अर्थतन्त्र अहिले दोब्बर वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार नेपालको अर्थतन्त्रको अवस्था पूर्ण स्वस्थ रुपमा देखिएको तथ्यांकले देखाएको छ । बैंकले चालु आवको ५महिनाको तथ्यांक सार्वजनिक गर्दै विदेशी विनियम सञ्चिती हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उल्लेख छ ।

तथ्यांक समीक्षा अवधिमा चालु खाता १४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स