नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ७ गते (आइतबार) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद लाभांश गरि कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १२ अर्ब ६३ करोड ६७ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र नेपाल सरकारले स्वीकृति पछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स