सानिमा बैंकका ग्राहकहरुलाई निर्णायक रेफेरेन्स ल्याबमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले झापाको दमकस्थित् निर्णायक रेफेरेन्स ल्याब प्रालिमास्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

कम्पनी र ल्याब बीच मंगलबार छुटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्याबका कार्यकारी निर्देशक कृष्ण कार्की र कम्पनीको दमक शाखा कार्यालयका म्यानेजर अजय कुमार यादव बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब कम्पनीका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परीक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । निर्णायक ल्याब दमककै एकमात्र अत्याधुनिक मेशिनहरु भएको रेफेरेन्स ल्याब हो भने कम्पनीको दमक शाखा अन्य शाखाहरुमध्ये एक ठूलो शाखा हो ।

कम्पनीका भिषा कार्ड, क्रेडिक कार्ड, मोबाइल तथा इन्टर्नेट बैंकिङ लगायतका डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले छुटको सुविधा पाउने छन् ।

जुनसुकै स्वास्थ्य परीक्षण गराउँदा १० देखि ३० प्रतिशत र होलबडीका प्याकेज गर्नेहरुलाई २० देखि ४० प्रतिशत छुट दिइने ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्कीले जानकारी दिए ।

उनका अनुसार सानिमा बैंकका देशैभरीका डिजिटल बैंकिङ प्रयोग गर्नेहरुले यो छुटको सुविधा पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स