३ प्रतिशत प्रिमियम थपेर कर्जा पाइने एनआईसी एशिया बैंकका यस्ता छन् लोन प्रडक्ट

काठमाडौं । एनआईसी एशिया बैंकले देशको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै विभिन्न प्रकारका कर्जामा अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरि कर्जा प्रवाह गर्ने योजना अघि सारेको छ । आजमात्रै माघ महिनादेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको बैंकले कर्जा प्रडक्टमा योसँगै नयाँ ब्याजदर ल्याउने तयारी गरेको छ ।

बैंकले यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकहरू सुविधा लागि अब सो प्रिमियमभन्दा बढी नदिले गरी कर्जाको ब्याजदर प्रकाशित गरेको थियो । बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेको छ । तयसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशतसम्म पुगेको थियो । बैंकले माघ महिनाको निक्षेपमा ०.६०५ प्रतिशतले ब्याजदर घटाएर प्रकाशित गरिसकेको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा, शिक्षा कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरेको छ ।

घर कर्जा
बैंकले व्यक्तिगत वा पारिवारिक प्रयोजनको लागि जग्गा वा घरजग्गा, घर निर्माण गर्न, घरको पुनर्निर्माण गर्नका स्रोत पुरा गर्न यो घर कर्जा योजना ल्याएको हो । यो कर्जा अन्तर्गत २५ लाख देखि १ करोड २० लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । बैंकले मंसिर महिनाको आधार दरमा ३ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्छ । बैंकबाट लिएको उक्त लोन ५ वर्ष देखि २५ वर्ष भित्र चुक्त गर्नुपर्नेछ ।

सेयर कर्जा
बैंकले सेयर कारोबार गर्ने लागनीकर्ताहरूलाई ध्यानमा राखेर सेयर कर्जा ल्याएको छ । पछिल्लो समय आम नागरिक सेयर बजारमा आकर्षण देखिन थालेको छ । ग्राहकको आकर्षण अनुसार बैंकहरूले यस्तो कर्जा प्रदान गर्ने योजना ल्याएको हो । बैंकले नेपाल स्टक एक्सचेन्जमा सूचीबद्ध कम्पनीहरूको बजारयोग्य धितोपत्रको आधारमा व्यक्तिगत ग्राहकहरुलाई पुनर्कर्जा प्रदान गर्ने उद्देश्यले ५० लाखदेखि १५ करोडसम्म ऋण प्रदान गर्ने योजना ल्याएको छ । संस्थागतको लागि भने यो सीमा २० करोड रुपैयाँसम्मको रहेको छ ।

सेयर कारोबार गर्नलाई बैंकबाट लिएको उक्त ऋण १ वर्ष भित्र चुक्त गर्नुपर्ने छ । व्यक्तिगत ऋणीहरुलाई सेयर धितो सुरक्षणको आधारमा ऋणीहरुको व्यक्तिगत आवश्यकता पूर्तिका लागि बैंक सेयर कर्जा उपलब्ध गराएको हो । बैंकले ल्याएको यो प्रडक्टमा ६० प्रतिशतसम्म स्थिर ब्याजदरमा ऋण लिन सकिनेछ । २० लाख बढी ऋण लिएको अवस्थामा ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । त्यस्तै आयस्रोतको आधरमा ५० प्रतिशत देखि ६ं० प्रतिशतसम्म लोन प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

सवारीसाधन कर्जा
एनआईसी एशिया बैंकको ५ लाखदेखि २ करोड रुपैयाँ सम्मको सवारीसाधन कर्जाको योजना ल्याएको छ । बैंकले ल्याएको यो सवारीसाधन कर्जामा ग्राहकले आफ्नो रोजाइको गाडी किन्न सक्ने एक राम्रो वित्तीय विकल्प हो । बैंकले ल्याएको यस कर्जाको उद्देश्य भनेको ग्राहकहरूलाई चार पाँग्रे वा अझ माथिको सवारीसाधान खरिद गर्न उपलब्ध गराइएको इएमआई भुक्तानी सुविधा हो ।

बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सवारीसाधन खरिद गन नयाँ कर्जा उपलब्ध गराएको हो । निजी गाडी, कम्पनी, फर्म वा अन्य कुनै व्यक्तिगत रुपमा संचालन गरेको व्यवसायको लागि चाँहिने रातो प्लेटको चार पांग्रे गाडी खरिद गर्नलाई स्थिर ब्याज दर ८० प्रतिशत रहेको छ । साथै बैंकले ३ प्रतिशत प्रिमियम थप गरेर लोन प्रदान गर्नेछ । पेट्रोल/डिजेलबाट सञ्चालित सवारीको ५० प्रतिशत र विद्युतबाट सञ्चालित सवारी साधान खरिदको लागि ८० प्रतिशत लोन लिन सकिन्छ । बैंकबाट लिएको ऋण १५ वर्ष भित्रमा पुरौ चुक्ता गर्नुपर्ने हुन्छ ।

रातो प्लेट भएको व्यवसायीक प्रयोगको गाडी खरिद गर्न कुनै व्यवसाय स्थापना गरेर संचालन गरेको २ वर्ष पुगेको हुनुपर्नेछ । बैंकले ४ लाख देखि २ करोड रुपैयाँ प्रदान गर्नेछ । उक्त ऋण १५ वर्ष भित्र चुक्ता गर्नुपर्ने छ । स्थिर ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ । त्यस्तै रातो प्लेट अर्ध व्यवसायीक सवारी साधन खरिद गर्न ४ लाख देखि २ करोड रुपैयाँ ऋण लिन सकिनेछ । बैंकबाट लिएको सो ऋण ६ वर्ष भित्र चुक्ता गर्नुपछ भने स्थिर ब्याज दरमा ५० प्रतिशतसम्म लोन प्रप्ता गर्न सकिनेछ ।

पर्यटक सवारीसाधन खरिद गर्ने ग्राहकले कम्पनी दर्ता भएर २ वर्ष सञ्चालन भएको अवस्थामा ४ लाख देखि २ करोड रुपैयाँ लोन लिन सक्ने छन् भने ७ वर्ष भित्र ८० प्रतिशत ब्याज सहित पुरै चुक्त गर्नुपर्नेछ । त्यस्तै व्यवसायी गर्न हिसाबले सार्वजनिक सवारीसाधन खरिद गर्नलाई ऋण लिँदा कम्तिमा २ वर्ष व्यवसाय सञ्चालन भएको हुनुपर्नेछ । ट्याक्सी खदिर गर्नलाई लिएको उक्ता ऋण ७ वर्ष र अन्य सवारी साधानको लागि ५ वर्ष भित्र चुक्ता गनुपर्नेछ । बैंकले स्थिर ब्याज दरमा ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । साथै ३ प्रतिशत प्रिमियम थप गरेर प्रदान गर्नेछ ।

बैंकले निजी सवारीसाधन वा ट्याक्सी खरिद गर्नलाई ४ लाख देखि २ करोड ऋण दिने व्यवस्था गरेको छ । यो कर्जा लिनलाई सवारीसाधन दर्ता भएको १५ वर्ष नकटेको हुनुपर्ने छ भने ट्याक्सीको लागि दर्ता भएको १० वर्षभन्दा धेरै सञ्चालन नभएको खण्डामा लोन लिन सकिने छ । उक्त लोन रातो प्लेट भएको सवारीको लागि १० वर्ष र ट्याक्सीको भने ५ वर्ष भित्र चुक्ता गर्नुपर्नेछ । बैंकले खरिद मूल्य वा स्वतन्त्र मूल्यांकन रिपार्टको अधिकतम ५० प्रतिशतसम्म प्रदान गर्नेछ ।

‘एनआईसी एशिया व्यक्तिगत कर्जा’
बैंकले ‘एनआईसी एशिया व्यक्तिगत कर्जा’ योजना पनि सार्वजनिक गरेको छ । बैंकले विशेष गरि जागिरे, अवकास प्राप्त वा कुनै व्यापार व्यवसाय गरिरहेका आम नेपाली नागरिकलाई आर्थिक आवश्यकता पूरा गर्न तयार गरिएको विना धितोमा आधारित ऋण प्रदान गर्न यो नयाँ योजना ल्याएको हो ।

बैंकले ल्याएको यो प्रडक्ट व्यक्तिगत कर्जा पूर्णरुपमा ग्राहकहरूको विश्वसनीयतामा आधारित सरल र सहजै तरिकाले यो कर्जा लिन सकिन्छ । बैंकले स्थिर ब्याज दर १३.७० रहेको छ । बैंकले आवश्यक व्यक्तिगत आयस्रोत हुनुपर्ने उद्देश्यले आवधिक कर्जा ल्याएको हो । यो कर्जा प्राप्त गर्नलाई तलवी कर्मचारी, अवकाश प्राप्त कर्मचारी र व्यवसायीक नेपाली नागरिक रहेको हुनुपर्नेछ ।

अवकास लिन समयसम्म वा कर्जा म्याचुअर हुने समयमा ५८ वर्ष, जुन पहिला हुन्छ । तर, पेन्सनमा आधारित कर्जा लिएका ग्राहकलाई निवेदन दिने समयमा अधिकतम उमेर ६८ वर्ष सम्म हुर्नेछ । बैंकले पेन्सनमा आधारित कर्जालाई १ लाख देखि पेन्सनमा नभएकाहरूलाई ३ लाख रुपैयाँ प्रदान गर्नेछ । कुनै पनि व्यवसायी गर्न इच्छुक ग्राहकहरूले १५ लाखसम्म, ओभरड्राफ र माग कर्जा ५ लाख रुपैयाँ ऋण लिन सकिने व्यवस्था छ । पेन्सनमा आधारित कर्जा भएमा ५ लाख रुपैयाँ लिन सकिन्छ । उक्त ऋण १ वर्ष भित्र चुक्तm गर्नुपर्नेछ । अन्य ग्राहकको हकमा ब्याजदर सहित ७ वर्षसम्म ओभरड्राफ र माग कर्जा १२ महिना नवीकरणको विषय ग्राहकको कारोबारको विश्वसनीयतमा निर्भर हुनेछ ।

शैक्षिक ऋण
बैंकले विद्यार्थीहरूलाई उच्च शिक्षा हाँसिल गर्न सघाउने सरल शैक्षिक कर्जाको सुविधा ल्याएको हो । यो कर्जा स्वदेश वा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि विशेष गरि धितोमा आधारित आर्थिक ऋण हो । बैंकले विद्यार्थीहरूको लागि कागजपत्र सहजै मिलाएर तुरुन्तै पाउन सकिने यो कर्जा तिर्न प्रशस्त समय प्रदान गरिएको छ ।

बैंकले आधार दरमा ३ प्रतिशत प्रिमियम थपेर ३० लाख देखि १ करोड रुपैयाँ ऋण दिने व्यवस्था गरेको छ । बैंकको स्थिर ब्याज दर १३.७० प्रतिशत रहेको छ । उक्त कर्जा १ वर्ष देखि २० वर्ष भित्रमा पुरै चुक्ता गर्नुपर्नेछ । कर्जा प्राप्त गर्नलाई घर जग्गा धितोमा राखि बैंकमा विद्यार्थी वा उसको परिवार वा आफन्तजनको फिक्स्ड डिपोजिट हुनुपर्ने छ । बैंकले १०० प्रतिशत लोन प्रदान गर्ने तर धितोको मूल्यांकनभन्दा बढी नहुनेगरी जग्गा वा बिल्डिङबजार मूल्यको आधारमा ८० प्रतिशत प्रदान गर्नेछ । साथै फिक्स डिपोजिटको लागिफिक्स डिपोजिटमा रहेको ९० प्रतिशत कर्जा दिने व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स