नेप्सेमा सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको ‘१०% सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

उक्त ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई सूचीकृत भएको छ ।

यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।

नेप्सेले ‘सीआइजेटबीडी ९०’ संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स