सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच स्वास्थ्य सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा सेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी, तथा सेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स